आज राष्ट्रियसभा बैठकका यस्ता छन् एजेण्डा
सङ्घीय संसदको अन्तर्गत राष्ट्रियसभाको आजको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा हुनेछ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०–८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ। यसै बैठकमा कानुन, न्याय र संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।1



तपाईको प्रतिक्रिया दिनुहोस