Techie IT
२०८३ कार्तिक ६, बिहीबार

पाकिस्तानका अलराउन्डर हुसेन कर्णाली याक्सबाट खेल्ने


नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका अनुभवी अलराउन्डर हुसेन तलतलाई विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको छ। कर्णाली याक्सले बिहीबार आधिकारिक रूपमा ३० वर्षीय तलतलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो।

पाकिस्तानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तलतसँग टी–२० फ्रेन्चाइज लिगहरूको लामो अनुभव रहेको छ। उनले पाकिस्तानको राष्ट्रिय टिमबाट १२ एकदिवसीय खेलमा २२४ रन र २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन जोड्नुका साथै ७ विकेट समेत हात पारेका छन्। 

यसबाहेक उनले समग्र टी–२० करियरमा २०४ खेल खेल्दै ३ हजार ९५० रन बनाइसकेका छन्। पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) जस्ता प्रतिष्ठित व्यावसायिक लिगहरू खेलिसकेका तलतको आगमनले कर्णाली याक्सको टोली थप बलियो बन्ने अपेक्षा गरिएको छ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ। घरेलु लिगमा विदेशी स्टार खेलाडीहरूको सहभागिता बढ्दै जाँदा यसपटकको प्रतियोगिता झन् रोमाञ्चक हुने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट