एमालेको नयाँ रणनीति: पार्टी सङ्गठनलाई बलियो बनाउने अभियानमा जोड
काठमाडौँ: नेकपा एमालेले पार्टी सङ्गठनलाई अझ बलियो बनाउने अभियानलाई तीव्र पार्ने भएको छ। आज बिहीबार बस्ने केन्द्रीय सचिवालय बैठकमा प्रस्तावित वार्षिक कार्ययोजनामाथि छलफल गरेर पारित गर्दै कार्यान्वयनमा लैजाने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आगामी एक वर्षभित्र पार्टीका सबै संरचनालाई सक्रिय बनाउने लक्ष्यका साथ एमालेले विस्तृत कार्ययोजना बनाउन लागेको छ। पार्टीका सबै तहका कमिटीलाई सक्रिय बनाउने, पार्टी सदस्यता विस्तार गर्ने र पार्टीभित्रको अनुशासन कायम गर्ने लगायत कार्ययोजना तयार हुनेछ । त्यसैगरि, देशमा बढ्दो अराजकतालाई नियन्त्रण गर्न सरकारले कस्ता कदम चालिरहेको छ भन्ने विषयमा पनि छलफल हुनेछ।
यो योजनामा पार्टी सदस्यता विस्तार, पार्टीभित्रको शुद्धीकरण, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम, प्रशिक्षण कार्यक्रम लगायतका विषय समावेश गरिएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक महिने कार्यकालको समेत समीक्षा गर्ने भएको छ। सरकारले जनतालाई दिएका वाचाअनुसार काम गरिरहेको छ कि छैन भन्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ।
नेकपा एमालेले यो अभियानलाई पार्टीलाई पुनर्जीवित गर्ने र आगामी निर्वाचनका लागि तयारी गर्ने अवसरका रूपमा लिएको छ।
#नेकपा_एमाले



तपाईको प्रतिक्रिया दिनुहोस