Techie IT
२०८३ जेष्ठ ११, सोमबार

राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा: नीतिगत दर यथावत (पुर्ण पाठ)

मौद्रिक सूचकहरू सकारात्मक रहेकाले विद्यमान नीतिहरूलाई नै निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ।


नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। यस रिपोर्टमा नीतिगत व्यवस्थाहरूमा कुनै परिवर्तन गरिएको छैन । मौद्रिक सूचकहरू सकारात्मक रहेकाले विद्यमान नीतिहरूलाई नै निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ।

नीतिगत दर र ब्याजदर करिडोर स्थिर
नीतिगत दर: ५ प्रतिशत।
निक्षेप संकलन दर: ३ प्रतिशत।
ब्यांक दर: ६.५ प्रतिशत।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात पनि यथावत राखेको छ। चालू आर्थिक वर्षमा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य लिइएकोमा पहिलो तीन महिनाको औसत मुद्रास्फीति ४.२६ प्रतिशतमा सीमित छ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि: ७.१८ प्रतिशत।
गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि: ३.४९ प्रतिशत।
वार्षिक बिन्दुगत मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ।
विनिमय सञ्चिति बलियो

कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य छ। गत असोज मसान्तसम्म साढे १४ महिनाको आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको छ।

कर्जा र विस्तृत मुद्राप्रदायमा वृद्धि
विस्तृत मुद्राप्रदाय वृद्धि: १३.३ प्रतिशत।
निजी क्षेत्रतर्फ कर्जा प्रवाह वृद्धि: ६.२ प्रतिशत।
यससँगै, ब्यांक तथा वित्तीय संस्थाहरूको औसत अन्तरब्यांक दर ३ प्रतिशत रहेको छ।
आर्थिक वृद्धिका लागि सकारात्मक दिशा

मौद्रिक नीतिको निरन्तरताले मूल्य स्थिरता, आर्थिक क्रियाकलापको विस्तार, र बाह्य क्षेत्र स्थायित्वमा टेवा पुर्‍याउँदै सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने राष्ट्र बैंकले विश्वास व्यक्त गरेको छ।

राष्ट्र बैंकको नीतिगत स्थायित्वले वित्तीय प्रणालीमा विश्वास कायम राख्न मद्दत गरेको छ। चालू आर्थिक वर्षको बाँकी अवधिमा पनि सकारात्मक आर्थिक संकेत कायम रहने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट