Techie IT
२०८३ जेष्ठ ११, सोमबार

गाडी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई सहयोग गर्ने प्रचण्डको घोषणा


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाडी दुर्घटनामा ज्यान गुमाएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीलाई आज विहान खुमलटारस्थित आफ्नो निजी निवासमा भेट गरेका छन् ।

भेटघाटका क्रममा प्रचण्डले परिवारलाई सांत्वना दिँदै भविष्यमा नानीहरूको शिक्षामा कुनै अवरोध नहोस् भनी अभिभावकीय सहयोगको प्रतिबद्धता जनाए। उक्त भेटमा प्रचण्डका मित्र उद्दव नेपालले गरिमा र अनुको कक्षा १२ सम्मको स्टेशनरी र सम्पूर्ण लजिस्टिक व्यवस्थाको जिम्मेवारी लिने घोषणा गरे।

नगरकोटी दम्पतीलाई गत साता झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमेको थियो। प्रचण्डले पीडित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै माओवादी केन्द्रले नानीहरूको हकहितका लागि सबै प्रकारका प्रयास गर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट