विराटनगर किंग्सले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको यो खेलमा विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो।
विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै एनपीएलको पहिलो अर्धशतक पूरा गरे। अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा, तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए। कप्तान सन्दीप लामिछानेले ७ रन जोडे। अन्य बल्लेबाजहरू धेरै लामो समय टिका छैनन् र विराटनगरको स्कोर अपेक्षाभन्दा कम रह्यो।
जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए, जबकि किशोर महतो र हर्ष थाकेरले दुई-दुई विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनले एक-एक विकेट लिए।
टस जितेर जनकपुरले पहिले बलिङ रोजेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस