Techie IT
२०८३ श्रावण १२, मंगलबार

अराजकता बढ्दै, ओलीले देखाए आफुमाथि फेरि आक्रमण हुन सक्ने चिन्ता


प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको दाबी गरेका छन्। बिहीबार बसेको एमाले सचिवालय बैठकमा उनले यस्तो बताएका हुन्।

ओलीले आफ्नो नेतृत्वमा सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्त्व’ले सरकार र पार्टी नेतृत्वको चरित्रहत्या गर्न थालेको जनाउँदै सतर्कता अपनाउन सचिवालय सदस्यहरूलाई आग्रह गरेका छन्। उनले मुलुकमा अराजकता सृजना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताए ।

“नेतृत्वको चरित्रहत्या गर्ने, सरकारमाथि आक्रमण गर्ने र मुलुकमा अराजकता फैलाउने शक्तिहरू सक्रिय छन्,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, “त्यस्ता अराजक गतिविधि नियन्त्रण गर्न सरकार सजग नै छ र पार्टीका तर्फबाट पनि सचेतता अपनाउन आवश्यक छ । त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ।”

गौरा पर्वको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको घटनालाई उल्लेख गर्दै ओलीले यस्ता घटना अरु ठाउँमा दोहोरिन सक्ने भन्दै पार्टी नेतृत्वलाई सजग गराएका छन्। उनले कांग्रेस–एमाले गठबन्धन सरकारले राम्रो सुरुवात गर्न खोजेको र आगामी दिनमा परिणाम निकाल्न सरकार सशक्त रूपमा प्रस्तुत हुने बताएका छन्।
 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट