थाइल्यान्डमा सरकार परिवर्तनले बिमस्टेक सम्मेलन अन्योल, ओली भारत जान हतारमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री समक्षी ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएकै दिन भारत बाट पनि निमन्त्रणा आएको बुझिएको छ । ४ सेप्टेम्बरमा थाइल्यान्डमा बिमस्टेक शिखर सम्मेलनको आयोजना गरिएको छ ।
बिमस्टेकका सदस्य राष्ट्रहरु थाइल्यान्ड र बंगलादेशमा भएका अनेपेक्षित सरकार परिवर्तनका कारण बिमस्टेक सम्मेलन भदौ १९ का लागि तय भएता पनि अन्योलमा परेको छ । प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनको भोलिपल्ट २० र २१ भदौमा थाइल्यान्डका राजा र प्रधानमन्त्रीसँग भेटवार्ता तय थियो । ‘विमस्टेक सम्मेलनमा जाने क्रममा प्रधानमन्त्रीको औपचारिक थाइल्यान्ड भ्रमणका रूपमा गराउने तयारी थियो ।

यदि सम्मेलन विविध कारणले हुन सकेन भने प्रधानमन्त्री ओली भारत जाने सम्भावना बढेको छ । ५ असोजमा संयुक्त राष्ट्रसंघीय महासभा (न्युयोर्क) जानुअघि भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले सोच बनाउनु भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस