Techie IT
२०८३ जेष्ठ ११, सोमबार

स्थानीय तह उपनिर्वाचनमा एमालेको पाँच वडामा विजय


स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले हालसम्म पाँच वडामा विजय हासिल गरेको छ। निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका-१, रामगोपालपुर नगरपालिका-२, दुल्लु नगरपालिका-१३, मोलुङ गाउँपालिका-५, र सिरीजंगा गाउँपालिका-३ मा जित हात पारेको हो।

शुद्धोधन गाउँपालिका-१ मा मोहमद ताहिर मुसलमान विजयी भएका छन् भने रामगोपालपुर नगरपालिका-२ मा सकिवुल खाँ निर्वाचित भएका छन्। दुल्लु नगरपालिका-१३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका-५ मा गंगाबहादुर तामाङ, र सिरीजंगा गाउँपालिका-३ मा कुमारी सावादेन विजयी भएका हुन्।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी गराउँदै विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरिएको जनाएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट