Techie IT
२०८२ असार ३, मंगलबार

सप्तरीको डाक्नेश्वरी–१ मा जसपाका साह विजयी


सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का धिरेन्द्रकुमार साह विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा साहले ६५२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी भुलियादेवी थरुनीलाई पराजित गरेका हुन्।

निर्वाचन आयोगका अनुसार कांग्रेसकी थरुनीले ५८७ मत प्राप्त गरिन्। अन्य प्रतिस्पर्धीहरूमा एमालेका भगबानी साहले २६५, राप्रपाका सतिशकुमार चौधरीले १६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, माओवादी केन्द्रका प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले २ मत मात्र पाएका छन्।

उपनिर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको आयोगले जनाएको छ। विजयी साहले जनताको विश्वासप्रति आभार व्यक्त गर्दै विकास र जनसेवामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट