Techie IT
२०८२ मंसिर १, सोमबार

नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको नाम सार्वजनिक


नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिरमा आयोजना हुने फ्रेन्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम सार्वजनिक गरेको छ ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै एनपिएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुने जनाएको छ । लिग आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ ।

नेपाली क्रिकेटका लागि कोशेढुङ्गा
नेपाल प्रिमियर लिगलाई नेपाली क्रिकेटका लागि कोशेढुङ्गा मानिएको छ । यस प्रतियोगिताले नेपाली क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने अवसर प्रदान गर्नेछन् भने नेपाली क्रिकेटको स्तर उकास्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट