Techie IT
२०८२ चैत्र ६, शुक्रबार

काभ्रेमा डेङ्गी फैलिँदै, एकै दिन ६ जनामा सङ्क्रमण पुष्टि

डेढ महिनामा काभ्रेपलाञ्चोकका नौ स्थानीय तहमा डेङ्गी फैलिएको छ।


डेढ महिनामा काभ्रेपलाञ्चोकका नौ स्थानीय तहमा डेङ्गी फैलिएको छ। शुक्रबार मात्रै एकैदिन ६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक-एक पुरुषमा डेङ्गी देखिएको छ।

साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ, जसमा २७ पुरुष र ३० महिला रहेका छन्।

जिल्लामा डेङ्गीको उच्च जोखिम रहेका नगर र गाउँपालिकाहरूमा बनेपा, पनौती, र धुलिखेल प्रमुख छन्। यी स्थानहरूमा क्रमशः १३, १३, र १२ जनामा सङ्क्रमण देखिएको छ।

‘डेङ्गी नियन्त्रण गर्न सचेतना कार्यक्रम बढाउँदै लैजाने छौं,’ जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले भनिन्। डेङ्गीको जोखिम न्यूनीकरणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आइएको जानकारी दिइन।

डेङ्गीका लक्षणमा उच्च ज्वरो, टाउको, आँखाको नानी, ढाड, जोर्नी, मांसपेशीमा दुखाइ, शरीरमा बिमिरा, वाकवाकी, पेट दुखाइ, रगत बग्नु, र शरीरमा रगत जम्ने दाग समावेश छन्। समयमै उपचार नगरेमा मृत्युको जोखिम पनि रहने भएकाले शंका लागेमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट