काँग्रेस एमालेको गठबन्धन गराउनमा व्यवसायी थापाको ठूलो हात छ - सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्याप्टेन रामेश्वर थापाको नयाँ पुस्तक 'इन टु द फायर' विमोचन गर्दै उनको प्रशंसा गरेका छन्।
देउवाले क्याप्टेन थापालाई एक सच्चा मित्र र देशभक्तको संज्ञा दिँदै उनको योगदानको चर्चा गरे। सभापति देउवाले क्याप्टेन थापाले आफू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, "क्याप्टेन थापाले पार्टी र मलाई व्यक्तिगत रूपमा पनि धेरै सहयोग गर्नुभएको छ। उहाँले ओलीजी र मेरोबीचको सम्बन्ध सुधार गर्न, र हालको गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ।"
देउवाले थपे, "क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति हुन्। उहाँले पार्टीलाई मात्र होइन, देशलाई पनि ठूलो योगदान दिनुभएको छ। उहाँको यो पुस्तकले निश्चित रूपमा पाठकहरूलाई प्रेरित गर्नेछ।"



तपाईको प्रतिक्रिया दिनुहोस