Techie IT
२०८३ असार २४, बुधबार

रानीपुर कुलोमा डुबेर २ वर्षीया बालिकाको मृत्यु


सांकेतिक

बारबर्दिया नगरपालिका-७ सिउनिया स्थायी घर भई नगरपालिका-४ घोरपिट्टामा बस्दै आएकी सबिना थारूकी २ वर्षीया छोरी समयता थारूको बिहीबार साँझ रानीपुर कुलोमा डुबेर मृत्यु भएको छ।

डुबानपछि बालिका गम्भीर अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

यस घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको र घटना सम्बन्धमा थप जानकारी संकलन भइरहेको स्थानीय प्रहरी चौकीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट