Techie IT
२०८३ भाद्र ११, बिहीबार

वैदेशिक रोजगारको नाममा ठगी: दुई जना पक्राउ


वैदेशिक रोजगारको प्रलोभनमा रकम ठगी गर्ने अभियोगमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भीमदत्त नगरपालिका-२ का ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन्।

सुदिपले जर्जिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई बुधबार काठमाडौंको गल्कोपाखाबाट पक्राउ गरिएको हो। भानुले रोमानिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट २ लाख रुपैयाँ लिएको आरोपमा बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन्।

दुबै आरोपीहरू पीडितहरूसँग ठगी गरेपछि सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट