एनपीएलमा विराटनगर किंग्सको पावर प्लेमा कमजोर सुरुवात

चितवन राइनोजविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल) खेलमा विराटनगर किंग्सले पावर प्लेमा कमजोर सुरुवात गरेको छ। पहिलो ६ ओभरको समाप्तिमा विराटनगरले ३ विकेटको क्षतिमा मात्र ३२ रन बनाउन सकेको हो।
विराटनगरले पहिलो ओभरमै दुई महत्वपूर्ण विकेट गुमायो। चितवनका रिजन ढकालले दोस्रो बलमा लोकेश बमलाई शून्यमा आउट गरे भने चौथो बलमा दिपक बोहरा पनि ४ रनमा पेभिलियन फर्किए। त्यसपछि, १.४ ओभरमा चितवनका सोहेल तानबिरले स्कट एड्वार्ड्सलाई पनि शून्यमा आउट गर्दै विराटनगरलाई थप दबाबमा राखेका थिए ।
यसअघि टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस