Techie IT
२०८३ जेष्ठ १०, आइतबार

प्रधानमन्त्री ओलीको राष्ट्रसंघ भ्रमणमा ४ करोड २९ लाख खर्च


प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएको नेपाली प्रतिनिधिमण्डलको भ्रमणमा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ खर्च भएको छ।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा गत कात्तिक महिनामा यो रकम निकासा गरेको हो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गत सेप्टेम्बर २० देखि ३० सम्म अमेरिकाको न्युयोर्कमा आयोजित महासभामा सहभागी भएको थियो।

राष्ट्रसंघको वार्षिक महासभामा नेपालको प्रतिनिधित्व गर्न जाने सरकारी टोलीका लागि भएको यो खर्चले सरकारी भ्रमणका आर्थिक व्यवस्थापन र औचित्यमाथि चर्चा हुन थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट