Techie IT
२०८२ जेष्ठ १, बिहीबार

विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य


विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनायो।

विराटनगरका लागि बासिर अहमदले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ४ छक्कासहित ६८ रन बनाए। ओपनर मार्टिन गप्टिलले ३५ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ४५ रन जोडे। यस्तै, राजेश पुलामीमगरले ३३ रन योगदान गरे।

चितवन राइनोजका बलरहरूमध्ये रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए भने कप्तान कुशल मल्ल, सोहेल तानबिर, र बासिल अहमदले समान १/१ विकेट लिए।

चितवनले अब १८२ रनको लक्ष्य पछ्याउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट