Techie IT
२०८२ भाद्र १०, मंगलबार

मनाङेले दिए मन्त्री पदबाट राजीनामा, वन मन्त्रालयको जिम्मेवारी अस्वीकार


गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सोमबार मन्त्री पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। तर, प्रदेशलाई वनमा पर्याप्त अधिकार नभएको भन्दै मनाङेले यो जिम्मेवारी अस्वीकार गरेका हुन्।

मनाङेले भने, "प्रदेशको वन मन्त्रालयमा गएर मैले के गर्ने? प्रदेशलाई वनमा कुनै अधिकार नै छैन। खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन।" उनले आफू काम गर्न चाहने भएकाले यो जिम्मेवारी लिन नचाहेको बताए।

मुख्यमन्त्री पाण्डेले मनाङेलाई विगतमा असहज परिस्थितिमा साथ दिएको भन्दै उनलाई समेट्नकै लागि मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। तर, मनाङेको यो निर्णयले प्रदेश सरकारमा नयाँ तरंग ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट