Techie IT
२०८२ भाद्र ९, सोमबार

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ


बागमती नगरपालिका-७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जन समेत ३ जनालाई नियन्त्रित लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल-टि १ सय मिलिलिटरको ३ बोतल सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले मोहन बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट