Techie IT
२०८३ जेष्ठ १०, आइतबार

कतारसँग बाल अस्पताल निर्माणमा सहयोगको आग्रह


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासका लागि कतार सरकारसँग सहयोग गर्न आग्रह गरेका छन् ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग सोमबार भएको भेटमा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य उपचारका लागि केन्द्रित कान्ति बाल अस्पतालमा सेवा विस्तार गर्न आवश्यक संरचना निर्माणमा कतार सरकारको सहयोग अपेक्षा गरेको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाल अस्पतालको भौतिक पूर्वाधार विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ। भवनसहितका संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग खोज्ने सरकारको नीति अनुरूप मन्त्री पौडेलले कतारसँग सहयोगका लागि अपिल गरेका छन् हो।

कतारको सकारात्मक संकेत
भेटका क्रममा कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले नेपालसँगको सम्बन्धलाई आफ्नो देशले प्राथमिकतामा राखेको भन्दै पारस्परिक सहयोगका क्षेत्रमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राजदूत अन्सारीले स्वास्थ्य, शिक्षा, पूर्वाधार, र अन्य विकासका क्षेत्रमा सहयोग गर्न कतार सरकारले सक्दो प्रयास गर्ने बताए। यो छलफलले बाल अस्पतालको पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारीलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।

कान्ति बाल अस्पताल नेपालका बालबालिकाको स्वास्थ्य सेवाका लागि प्रमुख केन्द्र मानिन्छ। अस्पतालको सेवा र पूर्वाधारलाई स्तरोन्नति गर्दै थप प्रभावकारी बनाउन सरकार सक्रिय रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट