Techie IT
२०८३ वैशाख १६, बुधबार

क्वालिफायर-२: जनकपुर बोल्ट्सलाई फाइनल पुग्न ११९ रनको लक्ष्य


नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर-२ मा जनकपुर बोल्ट्सले फाइनल प्रवेशका लागि ११९ रनको सामान्य लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन मात्र जोड्न सक्यो। जनकपुरका बलरसामू कर्णालीको ब्याटिङ संघर्षपूर्ण रह्यो। गुल्शन झाले सर्वाधिक २५ रन बनाए भने देव खनालले २४ रनको योगदान दिए। विलियम बोसिस्टोले १४, जिशान मक्सुदले १२ र च्याडविक वाल्टनले ११ रन बनाएका थिए। अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले उत्कृष्ट प्रदर्शन गर्दै २–२ विकेट लिए। हर्ष थाकेर, जेम्स निशाम, र शेर मल्लले १–१ विकेट लिए।

यस खेलको विजेता टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट