Techie IT
२०८२ भाद्र ९, सोमबार

लामिछानेको हिरासतको तस्विर सार्वजनिक गर्नेविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा चलाइने


हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

कार्यालयका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने गरी तस्वीर सार्वजनिक गरिएको उल्लेख गरेका छन्।

प्रेस विज्ञप्तिमा प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा भइरहेको अनुसन्धानलाई प्रभावित बनाउने काम भएको बताए। साथै, तस्वीर सार्वजनिक गर्ने व्यक्तिको पहिचान भइसकेको पनि प्रहरीले जनाएको छ।

प्रहरीले सूचनाको हकसम्बन्धी ऐन २०६४ र साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन भएको हुँदा सोही मुद्दामा अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।

यसअघि गृहमन्त्री रमेश लेखकले रविको हिरासतको फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्देशन दिएका थिए। साथै, सुरक्षा कमजोरीको लागि जिम्मेवार प्रहरीमाथि पनि कारबाही गर्ने योजना रहेको प्रहरी स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट