Techie IT
२०८२ मंसिर १, सोमबार

नेपाली महिला फुटबलकी कप्तान एञ्जिला सुब्बा युरोप जादैँ


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला सुब्बा तुम्बापोको खेल जीवनमा नयाँ अध्याय थपिएको छ । उनले २०२४–०२५ को सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एक वर्षे सम्झौता गरेकी छन् ।

एसिया बाहिर लिग खेल्ने यो एञ्जिलाको पहिलो अनुभव हो । यसअघि एपीएफ क्लबबाट खेल्दै आएकी एञ्जिलाले यो उपलब्धिबारे भनिन्, “पहिलो पटक युरोपको लिगमा खेल्दै छु, त्यसैले खुसी छु । सबै खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षको लगातार प्रयासपछि मेरो आफ्नै सपना पूरा भएको छ ।”

एञ्जिलासँगै एपीएफ क्लबकी सावित्रा भण्डारी पनि युरोपमा खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन् । इजरायली लिगमा खेलेपछि अहिले सावित्रा फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पमा आबद्ध छिन् । एञ्जिलाको युरोप यात्राले नेपाली महिला फुटबलमा नयाँ आयाम थपेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट