Techie IT
२०८३ जेष्ठ ११, सोमबार

के हो पूजा शर्मा र समीक्षा अधिकारीको वचन युद्ध


चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्मा र लोकप्रिय गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा चर्को बहस चलेको छ। पछिल्लो समय पोडकाष्टमा दिएको अन्तर्वार्तामा समीक्षा अधिकारीले गरेको टिप्पणीलाई लिएर दुई कलाकारबीचको विवाद सतहमा आएको हो।

मंगलबार गायिका समीक्षा अधिकारीले पूजाले पोडकाष्टमा दिएको अन्तर्वार्ताको भिडियो राख्दै पूजाले आफ्नो फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी थिइन्। समीक्षाका अनुसार पूजाले पोडकाष्टमा आफ्नो बारेमा केही तथ्यहीन कुराहरू बोलेकी थिइन्।

त्यसको जवाफमा पूजाले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्ने नै बताएकी छिन्। उनले आफ्नो भिडियो सेयर गरेर समीक्षा अधिकारीले आफूलाई नकारात्मक सन्देश दिन खोजेको बताउँदै आपत्ति जनाएकी छिन्।

समीक्षा अधिकारीले भने सत्य के हो आफूलाई, उसलाई र भगवानलाई मात्र थाहा भएको बताउँदै पोडकाष्टहरू न्यायाधीश बनेको लेखेकी थिइन्। उनले पोडकाष्टमा आफूलाई न्याय नभएको बताएकी छिन्।

#SamikshyaAdhikari #PoojaSharma



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट