Techie IT
२०८२ भाद्र ९, सोमबार

सर्लाहीमा ६५ वर्षीया विष्णुमायाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ


सर्लाही, ७ पुस – सर्लाहीको लालबन्दी नगरपालिका-१५ तीनतले देउरालीकी ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या अभियोगमा ईश्वरपुर नगरपालिका-१२ घारिबथानका ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंसिर २८ गते राति बम्जनमाथि ढुंगाले प्रहार गरिएको थियो, जसका कारण उनी गम्भीर घाइते भएकी थिइन्। घटनाको सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको टोलीले मोक्तानलाई पक्राउ गरेको हो।

गम्भीर घाइते अवस्थामा लालबन्दीस्थित म्याक्स हस्पिटलमा भर्ना गरिएकी बम्जनको उपचारका क्रममा आइतबार बिहान निधन भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट