Techie IT
२०८३ असार २४, बुधबार

डडेल्धुरा र सिराहामा डुबेर दुई जनाको मृत्यु


देशका विभिन्न भागमा नदी र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा डुबेर २८ वर्षीय रमेश बहादुर बिष्टको मृत्यु भएको हो। आइतबार दिउँसो सेती नदीमा डुबेका बिष्टलाई उद्धार गरी डडेल्धुरा अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सिराहा नगरपालिका-१९ सनैठा जोगिया टोलस्थित सार्वजनिक पोखरीमा ३० महिनाको आदित कुमार यादवको डुबेर मृत्यु भएको छ। सूर्य यादवका छोरालाई उद्धार गरी प्रादेशिक अस्पताल सिराहा पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट