Techie IT
२०८२ भाद्र ९, सोमबार

सूर्यदर्शन सहकारी ठगी आरोपमा एमाले नेतृ तथा पूर्वसांसद मिना गुरूङ पक्राउ


सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखियेको रकम ठगी अभियोगमा नेकपा एमालेबाट गण्डकी प्रदेशका पूर्वसांसद मिना गुरूङ पक्राउ परेकी छन्।

नेकपा एमालेबाट गण्डकी प्रदेशका पूर्वसांसद रहेकी गुरूङलाई सहकारी ठगी अभियोगको आरोपमा निवासबाटै पक्राउ गरेको प्रहरीको जानकारी दिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको महिनापछि उपाध्यक्ष भएकी थिइन् । 

सूर्यदर्शन सहकारी ठगीको विषयमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्र गरेको छ ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, सहकारीका संचालक जिबी राई लगायत १३ जना विरूद्ध सरकारी वकिलको प्रतिवादी बनाएको छ ।

उनीहरूबाट १ अर्ब ५१ करोड रूपैयाँ असुल्न पनि माग गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट