नयाँ रणनीति तय गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।
सभापति रबि लामिछाने दुई महिना बढी समय हिरासतमा रहेपछि पार्टीका गतिविधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
पार्टी गतिविधिलाई निरन्तरता दिनका लागि यो बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठक आज (शुक्रबार) दिउँसो ३ः०० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस