रविले हिरासतबाट तोकेको संसदीय दलको नेता मान्ने नहुने, आकांक्षी ५ जना (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक बोलाएको छ । उसले आज (शुक्रबार दिउँसो ३ः०० बजेका लागि बैठक बोलाएको हो ।
बैठकमा संसदीय दलको नेताबारे छलफल हुनेछ । रास्वपाका एक नेताले दिएको जानकारी अनुसार शुक्रबार बस्ने सचिवालय बैठकमा संसदीय दलको नेताबारे छलफल हुनेछ ।
पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण कसूरमा अभियोजन दायर भएको थियो । उनीविरुद्ध अभियोजन दायर भएसँगै सोमबार सांसद पदबाट निलम्बित भएका छन् ।
हाल रास्वपा संसदीय दलको नेता रिक्त छ । रिक्त पदमा पाँच जना सांसद आकांक्षी छन् । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दलको नेतामा आकांक्षी देखाएका छन् ।
यसअघि हिरासतबाटै रविले डिपी आर्याललाई कार्यवहाक सभापति तोकेका थिए । त्यसयता रास्वपाको एकपंक्ति असन्तुष्ट बनेको छ । डिपी कार्यवहाक सभापति भएकोले संसदीय दलको नेता आफू नै हुनुपर्ने दाबी गर्दै आएका छन् । तर, सुमना श्रेष्ठलगायतले मानिरहेका छैनन् ।
उनीहरूले यदि रवि लामिछानेले कास्की प्रहरी हिरासतबाटै टीका लगाएर संसदीय दलको नेता तोकेमा मान्ने नहुने जिकिर गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस