Techie IT
२०८३ जेष्ठ १०, आइतबार

नक्कली डाक्टर पक्राउ


काठमाडौं । नक्कली डाक्टर बनी लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई वेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट