राष्ट्रपतिद्वारा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख-शान्तिको कामना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
बडादसैँका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ-आफ्नै परम्परा र संस्कृति रहे पनि दसैँ पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ।
उहाँले बडादसैँले नेपालको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै नेपालीहरूको सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्दत पुर्याएको उल्लेख गर्नुभएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस