Techie IT
२०८३ जेष्ठ १०, आइतबार

कांग्रेसको १०० दिने लम्बेतान अभियान : देउवा–शेखरको केन्द्रमै माथापच्ची, दौडधुपमा गगन–विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि थप गरेको छ । यहीँ पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो ।

ती जिल्लाहरूले सहिद दिवसका दिन माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा सांगठनिक रूपले गर्न÷गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन कांग्रेसले निर्देश गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो । 

पछिल्लो पटक अभियान समयावधि थप भएसँगै कांग्रेस महामन्त्रीद्वयले पनि उक्त अभियानमा सहभागी हुनेछन् । देशका विभिन्न जिल्लामा हुने अभियानका कार्यक्रमहरूमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहभागी हुनेछन् । 

पार्टी सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला भने अभियान सहभागी हुने छैनन् । उनीहरूले काठमाडौं उपत्यकामा हुने कार्यक्रममा सहभागी भएपनि बाहिर जाने छैनन् । कांग्रेसमा यतिबेला देउवा र शेखर गुट मौलाएको छ । उनीहरूबीच प्रत्यक्ष रूपमा भेटेरै माथापच्ची नभए पनि देशका केही जिल्लामा शेखरले कांग्रेसका भातृ संगठनमा समान्तर कमिटी गठन गर्दै देउवाविरुद्ध उत्रिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट