एमाले पुष्ठभूमिका माधव–वामदेव आलोकनगरमा, बारम्बार पार्टी एकता प्रयास अधुरै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज (सोमबार) एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
एमाले–माओवादी एकता पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनपछि अलग रहँदै आएका वामदेव एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चासँगै माधवसँग भेट्न पुगेका हुन् ।
पछिल्लो समय पार्टी प्रवेशलाई लिएर माधव–वामदेवबीच बाक्लो भेटवार्ता चलिरहेको छ । तर, वामदेव एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा वर्षौँ पहिलेदेखि चले पनि हालसम्म टुंगो लागेको छैन । आजको भेटवार्ता अर्थपूर्ण हुने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस