Techie IT
२०८३ श्रावण २३, शनिबार

हरितालिका तीजका लागि पशुपतिमा तयारी पुरा, चारै ढोका बिहान ३ बजेदेखि खोलिने


File Photo

भोलि शुक्रबार मनाइने हरितालिका तीजका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको छ। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि विभिन्न मार्गहरू निर्धारण गरेको छ।

कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, “पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको सुविधाका लागि विशेष मार्गहरू निर्माण गरिएको छ। दर्शनार्थीहरूलाई गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर हुँदै उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।”

यस्तै, मित्रपार्क, जयवागेश्वरी, गौशाला, भुवनेश्वरी, शंकराचार्य मठ हुँदै पशुपतिनाथ प्रवेश र बाहिरिन सहज मार्गहरूको व्यवस्था गरिएको छ। पिङ्गलास्थान हुँदै बनकाली, चारशिवालय, पञ्चदेवीतर्फका दर्शनार्थीहरूका लागि पनि पृथक् मार्ग तयार गरिएको छ। तिलगंगा, राममन्दिर हुँदै आर्यघाट नजिकको पुलबाट पशुपतिनाथ मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गर्ने र भक्तजनहरूलाई छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने व्यवस्था मिलाएको जनाएको छ। श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको समयमा पनि दर्शनार्थीहरूले बाहिरबाट दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिनेछ। 

भक्तजनहरूका लागि चन्दन वितरणको व्यवस्था मन्दिर परिसरमा मात्र नभई विभिन्न स्थानहरू जस्तै उमाकुण्ड, तिलगंगा, गौशाला, र जयबागेश्वरीमा समेत गरिने भएको छ। मेला अवधिमा तेस्रो मुलुकका पर्यटकहरूलाई टिकटमार्फत मन्दिर प्राङ्गणबाहेक अन्य क्षेत्रमा प्रवेश गर्न दिइने व्यवस्था गरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट