Techie IT
२०८२ असार ५, बिहीबार

देशभर हैजाका बिरामी बढ्दै


देशभर हैजाका बिरामीको सङ्ख्या बढेर ७८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, हालसम्म सबै संक्रमित निको भइसकेका छन्। सबैभन्दा धेरै ललितपुरमा ५१ जनामा हैजा पुष्टि भएको छ। यस्तै, काठमाडौंमा १२, कैलालीमा ८, प्युठानमा २, मकवानपुरमा १ र रोल्पामा ४ जनामा संक्रमण देखिएको छ।


बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना बढी हुन्छ। यसले गर्दा खानेकुरा दूषित हुने र हैजाजस्ता पानीजन्य रोग फैलिने जोखिम बढ्छ । ईडीसीडीले सबैलाई सतर्क रहन आग्रह गर्दै खानेपानीको शुद्धतामा विशेष ध्यान दिन अनुरोध गरेको छ।

हैजाबाट वच्न के गर्ने?


खानेपानीको शुद्धता: खानेपानीलाई उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने।
खानाको सरसफाइ: खानेकुरा राम्रोसँग पकाएर खाने र सफा भाँडाकुँडा प्रयोग गर्ने।
हातको सरसफाइ: खाना खानुअघि र शौचालय गएपछि साबुन पानीले हात धुने।
स्वास्थ्यकर्मीको सल्लाह: शङ्का लागेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट