Techie IT
२०८३ जेष्ठ १०, आइतबार

प्रधानमन्त्रीको ढिलासुस्तीले हिजो बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज, महत्त्वपूर्ण निर्णय अलपत्र


काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ । केहीबेर अघिदेखि बैठक बसेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो । उक्त परिषद्को बैठक अहिले जारी छ । 

बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । 

सोमबार नियमित बस्नुपर्ने बैठक प्रधानमन्त्री ओलीको ढिलासुस्तीका कारण आज (मंगलबार) बसेको मन्त्रिपरिषद् स्रोतले बतायो । यसअघि प्रधानमन्त्री सरकारी र पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा हिजो (सोमबार)सम्म व्यस्त थिए । 

मन्त्रिपरिषदबाट हुने भनिएका महत्त्वपूर्ण निर्णय आज हुनसक्ने बताइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट