मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन रास्वपा प्रदेश सभापतिद्वयको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन प्रदेश सभापतिद्वयले माग गरेका छन् ।
कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेस प्रदेशका सभापति तपेश्वर यादवले मुकुललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)लाई पत्र लेखेका छन् ।
पत्रमा भनिएको छ, ‘पछिल्लो असार महिनायता पार्टीमा जे–जति घटना घटे, त्यो दुःखद र दुर्भाग्यपूर्ण छ । ढकाललाई पार्टीबाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुस कम्तीमा कोशी प्रदेशका सबै रास्वपाकर्मीहरूले गरेका छन् । मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागि केही सुधारात्मक कदम आवश्यक छन् ।’
ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधरण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको पत्रमा उल्लेख गरिएको छ ।
गत असारमा रास्वपाले मुकुल ढकाललाई कारबाही गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस