ऋषिकेशकी श्रीमती फरार, स्वकीय सचिव जिम्मेवारी मुक्त
काठमाडौं । नेकपा (एमाले)का सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्नो स्वकीय सचिवलाई जिम्मेवारीबाट मुक्त गरेका छन् ।
स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगी आरोप लागेपछि सभापति ऋषिकेशले उक्त जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
एमाले मोरङ जिल्ला समिति सदस्य अनिलकुमारले एमबीबीएसमा नाम निकालिदिने भन्दै केही विद्यार्थीहरूबाट ३८ लाख रुपैयाँ ठगी गरेको आरोप लागेपछि सभापति ऋषिकेशले स्वकीय सचिवबाट मुक्त गरेको बताएका छन् ।
त्यस्तै उनकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा संलग्न देखिएपछि फरार छन् । उनलाई ठगीमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले गत भदौमा जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । त्यसयता उनी फरार छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस