Techie IT
२०८३ असोज ३०, शुक्रबार

पूर्वमेयर शिवाकोटीलाई बलात्कार आरोपमा थुनामा पठाउने अदालतको आदेश


झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत, झापाले दिएको छ ।

सोमबार न्यायाधीश नवीनकुमार जोशीको इजलासले १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा राखी मुद्दाको अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो ।

शिवाकोटीमाथि घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । घटनाले सामाजिक तथा राजनीतिक क्षेत्रमा तीव्र चर्चा पाएको छ ।

घटनापछि शिवाकोटीलाई प्रहरीले पक्राउ गरी अदालती प्रक्रिया अघि बढाएको थियो । अदालतले प्रमाण र अनुसन्धानका लागि थुनामा राख्नुपर्ने ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट