पूर्वमेयर शिवाकोटीलाई बलात्कार आरोपमा थुनामा पठाउने अदालतको आदेश

झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत, झापाले दिएको छ ।
सोमबार न्यायाधीश नवीनकुमार जोशीको इजलासले १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा राखी मुद्दाको अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो ।
शिवाकोटीमाथि घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । घटनाले सामाजिक तथा राजनीतिक क्षेत्रमा तीव्र चर्चा पाएको छ ।
घटनापछि शिवाकोटीलाई प्रहरीले पक्राउ गरी अदालती प्रक्रिया अघि बढाएको थियो । अदालतले प्रमाण र अनुसन्धानका लागि थुनामा राख्नुपर्ने ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस