Techie IT
२०८२ भाद्र ९, सोमबार

भूकम्प अपडेट : हालसम्म ३६ जनाको मृत्यु


आज बिहान चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको हो ।

क्षतिको विवरण संकलन जारी छ ।  नेपालमा पनि उक्त भूकम्पको धक्का पूर्वी पहाड हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो ।

नेपालमा भने यहाँको समयअनुसार ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।

आजको भूकम्पले नेपालमा पनि क्षति भएको अनुमान गरिएको छ । तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट