Techie IT
२०८३ भाद्र २८, आइतबार

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आर्मी क्लबको दोस्रो जित, सुपर फोर नजिक


प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।     
    
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरू हुँदा खेल २० ओभरबाट सात मा झारिएको थियो ।

बबलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याच समेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई लिइन् । आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।
    
यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा नौ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही रु २५ हजार पुरस्कार दिइनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट