Techie IT
२०८२ वैशाख १७, बुधबार

मेक्सिको-अमेरिका सम्बन्धमा शान्ति: शेनबामको आश्वासन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताएकि छिन् ।     
    
“शेनबामले नियमित पत्रकार सम्मेलनमा भनिन्, “म व्यापार युद्ध देख्दिनँ। अमेरिकी राष्ट्रपतिले हिजो मेक्सिकोको बारेमा फरक तरिकाले बोलेका छन् ।”     
    
विश्व आर्थिक मञ्च (डाभोस)मा बिहीबार एक प्रश्नको जवाफ दिँदै ट्रम्पले भने , “हामी मेक्सिकोसँग राम्रो व्यवहार गरिरहेका छौँ। हामी न्यायोचित व्यवहार गर्न चाहन्छौँ।”     
    
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।     
    
शेनबामले वासिङ्टनसँगको सहकार्यलाई मजबुत बनाउन र फेन्टानिलको वितरण र आप्रवासनजस्ता केही प्राथमिकताका विषयमा ट्रम्पसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरे ।     
    
ट्रम्पले पदभार ग्रहण गरेदेखि नै सामूहिक निर्वासनमार्फत आप्रवासी विरोधी उपायहरूलाई बलियो बनाउन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्।     
    
यसको जवाफमा, मेक्सिको सरकारले सीमामा आप्रवासी नियन्त्रण केन्द्रहरू स्थापना गर्यो र निर्वासितहरूको लागि व्यापक निगरानी राख्न ‘मेक्सिकोले अमेरिकी अधिकारीसँग काँधमा काँध मिलाएर अघि बढ्न’ कार्यक्रमको घोषणा गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट