Techie IT
२०८२ फागुन ३०, शनिबार

दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलको निराशाजनक प्रदर्शन, विश्वकपमै छनोट नहुने डर !


लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार अर्को निराशाजनक नतिजा बेहोरेको छ। पाराग्वेसँग १-० ले पराजित भएपछि ब्राजिलमाथि विश्वकपमा छनोट नहुने डर बढ्दै गएको छ। पाराग्वेका लागि खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै निर्णायक साबित भयो।

ब्राजिलले आठ खेलमा जम्मा १० अंक मात्र जोड्दै लिग तालिकाको पाँचौं स्थानमा रहेको छ। यो छनोट अभियानमा ब्राजिलको यो चौथो हार हो, जसले टिमलाई थप दबाबमा राखेको छ।

पाराग्वे भने आठ खेलबाट ९ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ। अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा, दोस्रो स्थानमा कोलम्बिया १६ अंकसहित, तेस्रोमा उरुग्वे १५ अंकमा र चौथोमा इक्वेडर ११ अंकमा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट