Techie IT
२०८३ जेष्ठ ९, शनिबार

किसानले फलाए सात किलोको विषादीरहित काउली


विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । हिजो सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।     
    
जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए । मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उनले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट