Techie IT
२०८३ असोज ९, शुक्रबार

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई युवाको मृत्यु


देशका विभिन्न दुई स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। गोरखामा ट्रकको ठक्करबाट र अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।

गोरखाको सिरानचोक गाउँपालिका–७, अर्कुलस्थित सडकमा ग.१ ख ६३८० नम्बरको मिनि ट्रकले बागमती प्रदेश ०२-०३५ प ०९८६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पालुङटार नगरपालिका–१, खोप्लाङका २९ वर्षीय अनिल श्रेष्ठको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यता, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडास्थित सडकमा लु.५ त ५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खस्रिँदा बिहीबार बिहान भयानक दुर्घटना भएको छ। दुर्घटनामा परී ट्याक्टर चालक सन्धिखर्क–८, काउली चौपारी पकलेका ३५ वर्षीय सुरज विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट