Techie IT
२०८२ फागुन १५, शुक्रबार

अखिल क्रान्तिकारीको कुन पदमा को–को भए निर्वाचित ? (नामावलीसहित)


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को गत शनिबार भएको निर्वाचनको मतगणना र परिणाम आउनेक्रम जारी छ । 

चार खुला सदस्यमा प्रेम जैशी, वीरेन्द्र जीसी, शिशिर बस्याल र सम्झाना राई निर्वाचित भएका छन् । 

बुधबार सचिवको परिणाम आएको छ । छात्रा सचिवमा तिर्सना आलेमगर र समकृति पुन निर्वाचित भएका छन् । जनजाती सचिवमा आर्टिस्ट मोक्तान र दलित सचिवमा आशा उपरकोटी निर्वाचित भएका छन् । 

यस्तै मधेशी सचिवमा अमर मण्डल र खसआर्य सचिवमा जितेन्द्र भण्डारी निर्वाचित भएका छन् । यस्तै सहिद सन्तति सचिवमा युन्छो हाङ्ग मावो र कोषाध्यक्षमा फुलमाया रानामगर निर्वाचित भएका छन् ।   
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट