Techie IT
२०८३ असोज २५, आइतबार

आज कुन विदेशी मुद्राको खरिद-बिक्री दर कति?


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ ४८ पैसा र बिक्री दर १५५ रुपैयाँ ०८ पैसा तोकिएको छ। 

यसैगरी, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ३२ पैसा र बिक्री दर १७३ रुपैयाँ ९९ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ५५ पैसा र बिक्री दर २०५ रुपैयाँ ३५ पैसा, तथा स्वीस फ्र्याङ्क एकको खरिद दर १८५ रुपैयाँ ९२ पैसा र बिक्री दर १८६ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ८३ पैसा र बिक्री दर १०८ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ५७ पैसा र बिक्री दर १०८ रुपैयाँ ९९ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिद दर २३ रुपैयाँ ०८ पैसा र बिक्री दर २३ रुपैयाँ १७ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिद दर ४१ रुपैयाँ १५ पैसा र बिक्री दर ४१ रुपैयाँ ३१ पैसा, तथा कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ ४२ पैसा र बिक्री दर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ। 

युएई दिराम एकको खरिद दर ४२ रुपैयाँ ०६ पैसा र बिक्री दर ४२ रुपैयाँ २३ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ८२ पैसा र बिक्री दर ३७ रुपैयाँ ९६ पैसा, तथा थाई भाट एकको खरिद दर ४ रुपैयाँ ६१ पैसा र बिक्री दर ४ रुपैयाँ ६२ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिद दर ११ रुपैयाँ ५२ पैसा र बिक्री दर ११ रुपैयाँ ५६ पैसा तोकिएको छ।

कुवेती दिनार एकको खरिद दर ५०१ रुपैयाँ ३१ पैसा र बिक्री दर ५०३ रुपैयाँ २६ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिद दर ४०९ रुपैयाँ ११ पैसा र बिक्री दर ४१० रुपैयाँ ७० पैसा, तथा ओमनी रियाल एकको खरिद दर ४०१ रुपैयाँ २४ पैसा र बिक्री दर ४०२ रुपैयाँ ८० पैसा तोकिएको छ। 

हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ६९ पैसा र बिक्री दर १९ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ५१ पैसा र बिक्री दर १५ रुपैयाँ ५७ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ १९ पैसा र बिक्री दर २३ रुपैयाँ २८ पैसा कायम छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा स्थिर छ।

राष्ट्र बैंकका अनुसार आवश्यकतानुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक पर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट