जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा

जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीहरू बीच आत्महत्याको मामिलामा सामान्य वृद्धि देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ मा ५१३ विद्यार्थीले आत्महत्या गरेका थिए भने सन् २०२४ मा यो संख्या बढेर ५२७ पुगेको छ ।
यद्यपि, समग्र आत्महत्याको दरमा भने कमी आएको छ । सन् २००३ मा ३४,४२७ जनाले आत्महत्या गरेका थिए, जुन संख्या सन् २०२४ मा घटेर २०,२६८ मा झरेको छ, जसले ७.२ प्रतिशतको कमी दर्शाउँछ ।
२० वर्षभन्दा कम उमेरका बालबालिकामा आत्महत्याको संख्या सन् २०२३ मा ८१० बाट सन् २०२४ मा ८०० मा झरेको छ ।
सरकारले आत्महत्या रोकथामका लागि विभिन्न कदमहरू चालिरहेको छ । मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले भनेका छन्, "हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं । बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौं ।"
विशेषज्ञहरूका अनुसार, विद्यार्थीहरू अध्ययन, बदमाशी, सम्बन्ध, क्यारियर छनौट, र स्वास्थ्य समस्याहरू जस्ता विभिन्न दबाबहरूको सामना गरिरहेका छन्, जसले आत्महत्याको जोखिम बढाउन सक्छ ।
सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा, र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस