अखिल क्रान्तिकारीको महासचिवमा थापा, उपमहासचिवमा ९ जना विजयी (नामावलीसहित)
काठमाडौं । अखिल (क्रान्तिकारी)को शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । जारी परिणामअनुसार महासचिवमा रोशन थापा मगर विजयी भएका छन् ।
उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापा मगरले ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।
यस्तै उपमहासचिवमा कोशीका विपिन पोखरेलले ८३१, मधेसबाट गजेन्द्र यादवले ४०७, बागमतीबाट निर्मला गौतमले ८०३, गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२८, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत प्राप्त गर विजयी भएको अखिल (क्रान्तिकारी) निर्वाचन केन्द्रीय समितिले जनाएको छ ।
उक्त समितिका अनुसार उपत्यका विशेषबाट निरोज श्रेष्ठ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस